Posts

Showing posts from July, 2018

आत्महत्या को सपना #say_no_to_suicid

"मेरो लास" बिहानै गाउँमा हल्ला फैलिन्छ फलानो त मरेछ। छरछिमेकिहरु भेला हुन्छन् । रुदारुदै बेहोस भएकी मेरि आमालाई सम्हाल्ने प्रयास गर्छ्न केहि महिलाहरु। जस्तोसुकै परिस्थितिमा पनि आफुलाई अनि पुरै परिवारलाई सम्हाल्न सक्ने मेरो बुबा आज आफुलाई सम्हाल्न नसकेर मेरो लासलाई हेर्दै बरबर आँसु झार्नुहुन्छ। गलत बाटोमा लाग्ला भनेर आफ्नो भन्दा मेरो धेरै ख्याल गर्ने मेरो दाजु आज मेरो लास हर्न नसकेर कुनै कुनामा बसेर रुन थाल्छन् । आफुलाई भन्दा धेरै माया गर्ने मेरा दिदिबहिनी मेरो लासलाई झम्टिदै रुन थाल्छन्। गाउँका मानिसहरु भेला भएर जति सक्यो छिटो मेरो लासलाई पार लगाउने तयारिमा लाग्छ्न। मैले लगाएका कपडाहरु फुकाल्न थालिन्छ। म सुत्ने गरेको बिस्तारा सबै सफा गरिन्छ। मसङ्ग सम्बन्धित हरेक कुराहरु खोलामा बगाउन जम्मा पारेर राखिन्छ। मेरो शरीरमा कात्रो ओढाइन्छ। बासको अर्थिमा मेरो लासलाई राखेर माथिबाट रसि लगाएर कसिन्छ। बिहेमा जन्ती जान तयार भए जस्तै अब मलामी जान तयार हुन्छन्। त्यही मलामिको भिडमा एउटा मेरै गाउको ब्यक्ती आफ्नो गोजीमा तास बोकेर आउँछ। किन तास बोकेर आएको भन्ने प्रश्नमा उसले उत्तर दिन्छ " त